दराज नेपालले ग्राहकहरू लक्षित नयाँ योजना सार्वजनिक गरेको छ।
दराजले ग्राहकहरूको किनमेल अनुभव सहज, सरल र सुरक्षित बनाउने उद्देश्यसहित 'फ्री डेलिभरी फेस्टिभल' योजना सार्वजनिक गरेको हो। दराजले पहिलो पटक ल्याएको यो कार्यक्रममा ग्राहकहरूले निःशुल्क डेलिभरी प्राप्त गर्न सक्नेछन्।
यसबाहेक ग्राहकहरूले ७० प्रतिसतसम्मको मेगा डिल्स, एक हजार रूपैयाँसम्मको मेगा भाउचर, एक हजार रूपैयाँसम्मको प्रि-पेमेन्ट लगायतका छुटहरू पनि प्राप्त गर्न सक्नेछन्।
मंगलबार (माघ ९ गते) देखि सुरू हुने यस योजनामा फेसन, लाइफस्टाइल, ब्युटीलगायत विभिन्न विधाका सामानहरू खरिद गर्न सकिने दराज नेपालले जनाएको छ।
बजारमा महंगी बढेसँगै व्यवसायहरूको ढुवानी शुल्क पनि बढेको छ। यसकारण उपभोक्ताहरूलाई पनि अनलाइन किनमेल महंगो हुन पुगेको छ। यही कुरालाई मध्यनजर गर्दै दराजले 'फ्री डेलिभरी फेस्टिभल' योजना सार्वजनिक गरेको हो।
फ्री डेलिभरी फेस्टिभलले खरिदकर्ताहरूलाई घरदेखि बजारसम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान पुर्याउने व्यवस्था गरेर अधिक्तम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ। यो कार्यक्रममा दराजले काठमाडौं र मुख्य शहरहरूमा मात्र नभई ग्रामीण क्षेत्रहरूका सीमान्तकृत समुदायहरूमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदन गर्ने जनाएको छ।
दराजका प्रमुख परिचालन अधिकृत विमल अर्यालका अनुसार दराज नेपालको मुख्य उद्देश्य भनेकै दराज नेपालमा आबद्ध विक्रेताहरूको सामग्री सहज र सुपथ मुल्यमा ग्राहकहरूसम्म पुर्याउने हो।
सन् २०२४ को पहिलो कार्यक्रम फ्री डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अन्य थुप्रै अफरहरू प्राप्त गर्न सकिने समेत उनले बताए। ग्राहकहरूले डेबिटकार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत वा ७५० सम्म, साथै क्रेडिटकार्ड प्रयोग गरेमा २० प्रतिशत वा एक हजार रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
दराजको 'फ्री डेलिभरी फेस्टिभल' सीमित अवधीको लागि मात्रै लागू हुनेछ।