मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आइएमई ग्रुप अन्तर्गतको आइएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ।
गत शुक्रबार होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरूको सहभागिता रहेको थियो।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश मन्दी समापनको अवस्थामा पुगेको समयमा विश्वकै एक प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आइएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको बताए।
आइएमई अटोमोबाइल डिभिजनका सिइओ हेमन्त पुराणिकले विगत २५ वर्षदेखि विभिन्न व्यवसायमा संलग्न आइएमई ग्रुप अब लुब्रिकेन्ट व्यवसायमा समेत प्रवेश गरेको बताए।
उच्च गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड मोटुलसँग जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे।
मोटुल इन्डियाका सिइओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भारत र अन्य देशमा प्रतिष्ठित रहेको मोटुल ब्रान्डलाई नेपालमा समेत प्रतिष्ठित बनाउनका लागि आवश्यक कार्य गर्ने उनले बताए।
मोटुल इन्डियाका मार्केटिङ डाइरेक्टर प्रितम गोश्वामीले रियल सिन्थेटिक ब्रान्ड प्रयोग गर्ने पहिलो कम्पनी मोटुल भएको बताउँदै 'युवाहरूको ब्रान्ड' को पहिचान बनाएको मोटुलको विभिन्न विशेषता वारेमा जानकारी प्रदान गरे।
सोही अवसरमा विभिन्न डिलरहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने नयाँ उत्पादन र स्किम समेत सार्वजनिक गरिएको थियो।
भारतमा उत्पादन हुने फ्रेन्च लुब्रिकेन्ट ब्रान्ड मोटुल विश्वका १७५ भन्दा बढी देशमा बिक्री–वितरण भइरहेको छ।