उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शिरीष पन्तलाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। श्रेष्ठ संघका २२ अौं अध्यक्ष बनेका छन्।
मंगलबार बिहान सकिएको मतगणनामा श्रेष्ठले १५१५ भोट र पन्तले ८४३ भोट प्राप्त गरेका थिए। संघको नेतृत्व चयन गर्न सोमबार मतदान भएको थियो।
उद्योग वाणिज्य संघ चितवनको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएका छन्। उनले राजन पियालाई पराजित गरेका हुन्।
वाणिज्यतर्फको उपाध्यक्षमा राजेन्द्र ओली निर्वाचित भए। उनले रजनी मास्केलाई पराजित गरेका हुन्। उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र कर्पोरेट र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान निर्वाचित भए। अधिकारीले थिरप्रसाद धिताल र प्रधानले जनक पौडेललाई पराजित गरेका हुन्।
संघको वाणिज्यतर्फका सदस्यमा गुणराज पौडेल, श्रीकृष्ण लम्साल, दीपा शाही, दाताराम घिमिरे, सन्तोषजनक भुषाल, सुनिता लिगल कर्मचार्य निर्वाचित भए। उद्योगतर्फका उपाध्यक्षमा ईमान्दु बराल, अशोक श्रेष्ठ, पुर्णिमा जोशी श्रेष्ठ, धनप्रसाद पोखरेल, उपेन्द्र पण्डित र शंकर अधिकारी निर्वाचित भए।
महिला उद्यमी सदस्यमा अस्मिता तिमिल्सिना निर्वाचित भइन्। उनले योगिता पियालाई पराजित गरेकी हुन्।