नेपाल आयल निगमको निमित्त प्रमुखको जिम्मेवारी नागेन्द्र शाहलाई दिइएको छ।
निगमका निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएपछि अर्को व्यवस्था नभएसम्मका लागि शाहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
शाह निगमका अर्थ प्रशासनमा नायव कार्यकारी निर्देशक तहमा थिए।
वरिष्ठताका आधारमा शाहलाई उक्त निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको निगमले जानकारी दिएको छ।
'निगममा नायव कार्याकारी निर्देशकमा तीन जना छन्,' निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भने, 'वरिष्ठताका आधारमा मन्त्रालयले उहाँलाई जिम्मेवारी दिएको हो।'