अमेरिकी ब्रान्ड ब्ल्याक एण्ड डेकरले जाडोलाई लक्षित गर्दै 'विन्टर चिल्स, सिज्लिङ डिल्स' क्याम्पेन सार्वजनिक गरेको छ।
कम्पनीले जाडोमा उपयोगी विभिन्न उपकरणहरू आकर्षक छुट सहित बजारमा ल्याएको छ।
कम्पनीले जाडोलाई लक्षित यस क्याम्पेन अन्तर्गत ओ.एफ.आर हिटर, पि.टि.सि हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओ.ट.जी ओभन, इलेक्ट्रिक प्रेसर कुकर, कफी मेकर र कित्ली जस्ता उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ।
अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक एण्ड डेकरका उत्पादनहरू आधुनिक डिजाइनका टिकाउ, भरपर्दो र यी उत्पादनहरूको प्रयोगले उपभोक्ताहरूको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त छ।
ब्ल्याक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।
ब्ल्याक एण्ड डेकरका हरेक उत्पादनहरूमा २४ महिनाको वारेन्टी रहेको छ। नेपालको लागि ब्ल्याक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ।