नेपाल आयल निगमले डिपोभन्दा ५० किलोमिटरसम्मको स्थानको लागि ग्यासको बिक्री मूल्य तोकेसँगै सो दुरीभन्दा बढीमा प्रतिस्पर्धाबाट मूल्य कायम हुने भएको छ।
डिपो रहेको क्षेत्रको ५० किलोमिटरभन्दा पर ढुवानी रकमको अंश समेत जोडिएर मूल्य कायम हुने भएको छ।
यही कारण यस्तो क्षेत्रका बासिन्दालाई आधिकारिक बिक्रेताबाट मात्रै ग्यास खरिद गर्न र बिल अनिवार्य लिन सर्वसाधारणलाई सूचीत गरेको छ।
निगमले मंसिर १४ गते मूल्य सार्वजनिक गर्दा नै डिपो क्षेत्रको ५० किलोमिटरभित्रका लागि मूल्य तोकेको थियो।
१४.२ केजीको प्रति सिलिण्डर ग्यासको मूल्य १८९५ रूपैयाँ तोकिएको छ।