कालीमाटीमा आज चाइनिज प्याजको न्यूनतम मूल्य प्रतिकिलो २८० रूपंयाँ छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूचीमा हरियो प्याजको मूल्य ७० रूपैयाँ प्रतिकिलो उल्लेख छ।
त्यस्तै रातो आलुको भाउ प्रतिकिलो ४८ रूपैयाँ, सेतो आलु ३८ रूपैयाँ, पिडालु ५० रूपैयाँ, रातो मूला १२ रूपैयाँ, सेतो लोकल मुला १ रूपैयाँ तोकिएको छ।
त्यस्तै लोकल काउली १२ रूपैयाँ प्रतिकिलो, ज्यापु काउली २० रूपैयाँ, सुकेको लसुन २६० रूपैयाँ, हरियो लसुन ९० रूपैयाँ, सुकेको छ्यापी २ सय रूपैयाँ, भन्टा २५ रूपैयाँ तोकिएको छ।
गोलभेडाको भाउ भने आज स्थिर छ। नेपाली ठूलो गोलभेडा ६० रूपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रूपैयाँ तोकिएको छ भने सानो लोकल गोलभेडा १५ रूपैयाँ र टनेलको गोलभेडाको भाउ २५ रूपैयाँ प्रतिकिलो छ।
हेर्नुस् मूल्यसूचीः