रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ।
रेड बुलले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड सहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो।
यस फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत, वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ।
कार्यक्रमको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्य तथा टिसिपिका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या लगायत अन्य विशेष अतिथिहरूको उपस्थितिमा भएको हो।
अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ।
रेडबुल नेपालमा स्थानीय रुपमा उत्पादन र ब्रान्डको यात्रामा एउटा महत्वपूर्ण कोसेढुंगाको रूपमा रहेको छ। साथै यसले ब्रान्डको स्थानीय रुपमा उत्पादन, स्रोतसाधनहरूको सशक्तिकरण तथा वातावरणीय दिगोपनप्रति प्रतिबद्धता दर्शाउँछ।
रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौं देश हो। पहेँलो रेड बुल उत्पादन गर्ने थाइल्यान्ड, भियतनाम तथा चीनपछि नेपाल रहेको छ।
इनर्जीको एक यात्राः रेड बुलको ग्लोबल लिगेसी
युविध्या परिवारको स्वामित्वमा रहेको टिसिपी समूह थाइल्याण्डमा रहेको एक अग्रणी पेय पदार्थ कम्पनी हो र विश्वको सबैभन्दा प्रतिष्ठित इनर्जी ड्रिङ्क ब्रान्ड 'रेड बुल' को उत्पादक हो।
साथै 'हाउस अफ ग्रेट ब्रान्ड्स' को रूपमा पनि परिचित, कम्पनीसँग विविध उत्कृष्ट प्रोडक्टहरूको पोर्टफोलियो रहेको छ। एशियाका १५ भन्दा बढी देशका बजारहरूमा प्रत्यक्ष रूपमा सक्रिय रहेको यसले विश्वव्यापी रूपमा ५ हजारभन्दा बढीलाई रोजगार प्रदान गरिरहेको छ।
थाइल्याण्डमा कम्पनीले विभिन्न व्यवसायमा सफलता हासिल गरेको छ। टिसिपी समूह 'इनरजाइजिङ अ बेटर वर्ल्ड' भन्ने उद्देश्यका साथ विश्वका विभिन्न देशमा सञ्चालनमा रहेको छ।