बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री जनकपुर शाखाको उद्घाटनसँगै मधेसमा बिक्री वितरण सुरू भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अब्दुल बासिदले जानकारी दिए।
होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेसका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको उनको भनाइ छ।
'आज हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौँ, मधेसका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ,' उनले भने, 'समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ। तपाईंहरूको ढोकाढोकामा पुगिरहेका छौँ।'
सिइओ बसिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर एउटा सबैको मनमुटुमा बस्ने प्रोडक्ट भएको दाबी गरे। 'बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्नेछन्। सही सामग्री खरिद गरेकोमा उहाँहरूलाई गौरवानुभूति हुनेछ,' उनले भने।
जनकपुरमा पाइला चाल्दा आफूहरू विश्वसनीयताको विरासत र भविष्यको लागि एउटा भिजन बोकेर आएको उनले बताए। देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफू गृहनगरमै बेलाको दोस्रो सोरुम स्थापना गर्न सफल भएको उनले बताए।
उनले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्ने सम्मको तयारी आफूले गरेको भन्दै आफू ब्राण्ड प्रोमोसनमा मात्रै नेपाल आएको नभई युवाहरूलाई हौसता दिन पनि आएको बताए।
नेपालमा लगानीको वातावरण नभएपनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरूलाई प्रवाह गर्न चाहेको उनको भनाइ छ।
उनले नेपालमा विदेशी लगानी भित्र्याउन अझै पनि समस्या रहेको धारणा राख्दै यसमा सुधारको जरुरी रहेको धारणा समेत राखे।
यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघको युरोप संयोजक चिन्तामणि सापकोटाले जस्तो सुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी पनि भित्र्याइरहेको धारणा राखे।