दराज ११:११ सेलमा लाखौले करोडौको छुट पाएका छन्।
गत कात्तिक २५ गते सार्वजनिक भएको दराज ११:११ सेलमा लाखौ ग्राहकहरूले करोडौको छुट पाएका हुन्।
कम्पनीका अनुसार वाणिज्यद्वारा नेपाली समुदायहरूलाई उत्थान गर्ने उद्देश्यले सुरू भएको यो वर्षको ११:११ सेलमा ५० लाख ग्राहकहरूले दराजबाट सामान खरिद गरेका छन्।
यो तथ्यांकले नेपालीहरूको डिजिटल प्लेटफर्म प्रति बढ्दो विश्वास र इकमर्स मोह देखाउँछ।
बिक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले विभिन्न ब्राण्ड तथा क्रेताहरूलाई प्रशिक्षण प्रदान गरेर सफलतापूर्वक १९ हजार बिक्रेताहरूको सञ्जाल निर्माण गर्न सफल दरजले इ–कमर्सलाई पहुँचयोग्य बनाउन र स्थानीय समुदायहरूलाई उत्कृष्ट मूल्यमा विविध सामानहरु प्रदान गरेर उनीहरूको जीवनको गुणस्तर सुधार्न सफल भएको छ।
११:११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरू धरै बिक्री गरेको दराज, दैनिक आवश्यक्ताका सामानहरूको गन्तव्य बनेको देखिन्छ।
दराजले राजधानी बाहिरका बिक्रेताहरूलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरूबाट सेवा प्रवाह गर्ने गरेको छ।
जसले गर्दा सेलको अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताहरूको संख्यामा ६०० प्रतिशतको भारी वृद्धि देखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सेल सुरू भएको १९ मिनेटमै दराजले पहिलो ५०० अर्डर प्रप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा ११:११ सेलमा दराजको बिक्री ४६ प्रतिशतको वृद्धि पनि देखिएको थियो।
दराजका प्रवन्धक निर्देशक आँचल कुँवरले भनिन्, 'यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरूको लागि उत्कृष्ट मूल्यमा सर्वोउत्कृष्ट सामान उपलब्ध गराउनमा प्रतिवद्ध छौं। हाम्रो यही उद्देश्यले गर्दा नै हाम्रो ११:११ सेलले यो सफलता प्राप्त गर्न सफल भएको छ। यो सफल्तामा ग्राहकमहानुभावहरुको साथ साथै धेरै साझेदार ब्राण्ड तथा बिक्रेताहरूको हात छ। नयाँ बिक्रेताहरुले हामीलाई विश्वास गरेर दराजमा सामान राख्नुभएको देखेर हामी निकै हर्षित छौं।'