नेपाली जुत्ता चप्पल उत्पादक समूहले नेपाली ब्रान्डका जुत्ता चप्पलको नयाँ शोरूम ललितपुरको सातदोबाटो सञ्चालनमा ल्याएको छ।
यसअघि चार वटा शोरूम सञ्चालनमा ल्याएकोमा समूहले पाँचौं शोरूम सातदोबाटोमा सञ्चालन गरेको व्यवसायीले बताएका छन्।
यस शोरूममा उत्पादक र उपभोक्तबीच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रूचि र चाहना अनुरूपका उत्पादन बजारमा ल्याउन सहज हुने व्यवसायीको भनाइ छ।
उनीहरूले विभिन्न व्यापारिक सञ्जालमार्फत बजारमा उत्पादन पठाउँदा वस्तुको मूल्य वृद्धि हुने र यसले उत्पादक र उपभोक्ता दुवै पक्ष मारमा पर्ने भएकाले सामूहिक शोरूमको यस अवधारणा ल्याइएको बताए।
सातदोबाटो नेपाली जुत्ता घरमा बि.एफ डियर हिल र बि.एफ स्पोर्टस्, रोयल सुज, फस्टवाक सुज, क्रस रोड सुज, डि.जे. सुज, कोसेली छाला जुत्ता, रन सुज र स्मार्ट सुज गरी ८ वटा ब्रान्डका जुत्ता चप्पलहरू छुटमा उपलब्ध छन्।
उद्योगीहरूको यस समूहद्वारा आगामी दिनमा देशभरका विभिन्न स्थानहरूमा नयाँ शोरूमहरू खोल्ने र उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादनहरू उपलब्ध गराइने बताइएको छ।