देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले मकवानपुरस्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा मंगलपुर चितवनस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि स्कुल ब्याग वितरण गरेको छ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्कुल बस तथा स्कुल ब्यागहरू वितरण गरेको हो।
उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका वर्षहरूमा पनि विभिन्न शैक्षिक सामग्रीहरूको वितरण, छात्रवृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरू गर्दै आइरहेको छ।
शिवम् सिमेन्ट्सले विगतका दिनहरूमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरूमा छात्रवृत्तिको स्थापना, न्यानो कपडा वितरण, स्कुल बस, स्वास्थ्य शिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरणको लागि आर्थिक सहयोग, डाइलेशिस मेसिन, अक्सिजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्युव बोरिङ, वृक्षारोपण आदी जस्ता कार्यहरू गर्दै आइरहेकेको छ।
सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।