गोल्छा ग्रुपले काठमाडौंको नारायणचौरमा बाइकर्स क्याफे सञ्चालनमा ल्याएको छ।
बाइक प्रर्दशनी, रेसिङ गेयर्ससहित सञ्चालनमा ल्याइएको सो क्याफेमा बाइकसम्बन्धी एडभेन्चर समेटिएको जानकारीहरू समेत राखिएको छ।
क्याफेमा कतिपय टेबलमा मोटरसाइकलको इन्जिन प्रयोग गरी ग्राहकको ध्यान आकर्षक गर्न खोजिएको छ।
क्याफेमा हिमालयन जाभाको नयाँ शाखा समावेश गरिएको छ।
'हामीले नयाँ कन्सेप्टमा क्याफेमा सञ्चालनमा ल्याएका छौं,' गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले भने, 'बाइक सेल्स र सर्भिस दिँदा हामीले ग्राहकहरूलाई केही नयाँपन होस् भनेर यो किसिमका सेवा सुरू गरेका हौंँ।'
बाइक लभर्सहरूलाई लक्षित गरेर सञ्चालनमा ल्याएको सो क्याफेमा एकैपटक १ सयभन्दा बढी अटाउन सक्ने क्षमता छ।