नेपालको इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सिजी स्मार्ट डमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ–नयाँ जाडोका सामग्रीहरू बजारमा ल्याएको छ।
'सिजी घरमा, न्यानो मनमा' शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हिटर, पिटिसी फ्यान हिटर, ओएफआर हिटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गिजर, ग्यास गिजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल आदी नेपालभरी उपलब्ध गराएको छ।
सिजीले विभिन्न आकर्षक मोडलमा थप विशेषता सहित ग्यास र इलेक्ट्रिक नयाँ गिजरहरू बजारमा ल्याएको छ।
त्यस्तै, हिटरमा पनि क्याटोगोरीमा जस्तै ओएफआर हिटर, पिटिसी प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर रहेका छन्।
यस्तै, केही समयमै पानी तताउन सिजीले विभिन्न मोडलमा इलेक्ट्रिक केटल, हटपट र वाटर बोइलर उपलब्ध गराएको छ। त्यसैगरी तातिएको पानीलाई लामो समयसम्म तातोपन कायम राख्न भ्याकुम फ्लास्क, थर्मसहरू आकर्षक मोडल र डिजाइनमा उपलब्ध गराएको छ।
प्रमुख आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, नो कष्ट इएमआई सुविधा, सिजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल भिभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
जुन नेपालभरका सबै सिजी ब्रान्ड अधिकृत आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ।