एलजी ओएलईडी टिभीले, २०२३ को अर्धवार्षिक अवधिसम्म १३ लाख ३० हजार भन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको छ।
मार्केट रिसर्च फर्म ओम्डियाका अनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो ६ महिनामा विश्वव्यापी ओएलइडी टिभी बजारको ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल भएको छ।
परिचित ओएलइडी टिभी लिडरको रूपमा उत्पादनको १० वर्ष मनाउँदै गर्दा ओएलइडी टिभी सेगमेन्टको नेतृत्व स्थापना गर्न सफल भएको छ।
साथै एलजीले ओएलइडी टिभीको प्रतिष्ठालाई प्रिमियम टिभी सेगमेन्टको शिखरमा राख्न सफल भएको छ।
एलजी यसैमा सीमित नरही १ करोड टिभी युनिटको (ओएलइडी र एलसिडी) आक्रमक बिक्री गर्न सफल भएको छ। फलस्वरुप एलजी कम्पनीले विश्वव्यापी टिभी बजारको १६.२५ सेयरको खुद नाफा हासिल गरेको छ।
एलजीले आफ्नो प्रिमियम र अल्ट्रा–लार्ज डिस्प्लेका लागि रणनीतिक बजारीकरण सक्रियताका साथ अपनाउँदै आफ्नो भन्डारणको व्यवस्थापनलाई सुदृढ गर्दै र उच्चतम नाफाको लागि निरन्तर लागिरहेको छ र यो प्रतिबद्धताले उत्कृष्ट प्रतिफल हासिल गरिरहेको छ।
कम्पनीले आफ्नो कुल आम्दानीको लगभग ३० प्रतिशत नाफा एलजी ओएलइडीमार्फत् प्राप्त गरिरहेको छ।
२०२३को अर्धवार्षिक अवधिमा भएको टिभीको सिपमेन्ट कुल ९ करोड २० लाख युनिट छ, जुन गत वर्षको पहिलो अर्धवार्षिक अवधिको कारोबारसँग तुलनात्मक रुपमा समान छ।
एलजी जसले ओएलइडी टिभि सेगमेन्टमा केही वर्षदेखि नेतृत्व गर्दै आएको छ। यस वर्षको अर्धवार्षिक सम्म मात्र एलजीले २० लाख युनिट बिक्री गरेको छ जुन बाँकी अर्धवार्षिक अवधिको लागि पनि सकारात्मक रहनेछ।
एलजी ओएलइडी टिभीले अर्धवार्षिक अवधिमा कुल नाफाको ९.३ प्रतिशत हासिल गरी विश्वव्यापी टिभी बजारमा आफ्नो पहिलो स्थान कायम राखेको छ। ओम्डियाले ओएलइडी टिभीले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न तथा २ लाखभन्दा बढी मूल्य पर्ने टिभी सेगमेन्टको ४३ प्रतिशतसम्म बजार ओगट्ने प्रक्षेपण गरेको छ।
आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको एलजीले ओएलईडी टिभीहरू विगत लामो समयदेखि नेपाली बजारमा पनि उपलब्ध गराइरहेको छ।
४२ इन्चदेखि ८३ इन्चसम्म उपलब्ध यी टिभीहरूमा अहिले चलिरहेको क्रिकेट वर्ल्डकपको मज्जा लिन उत्कृष्ट विकल्प रहेको कम्पनीको दाबी रहेको छ।
नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।