गोर्खा ब्रुअरीले भूकम्प पीडितको पुनर्स्थापनाका लागि नेपाल सरकारलाई १ करोड रूपैयाँ सहयोग गरेको छ।
उक्त रकमको चेक गोर्खा ब्रुअरीका डिएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फूर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए।
डिएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपदको घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि भएको बताए।
उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरूमा उल्लेख्य सहयोग गर्दै आएको बताए।
विशेष गरी कोभिड महामारी र २०७२ को महाभूकम्पपछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गोर्खा ब्रुअरीले गरेको उनको दाबी छ।