नेपालको इ–कमर्स ब्राण्ड दराजले ११:११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ।
कम्पनीको अनुसार कात्तिक २५ गतेबाट सुरू हुने यो सेलमा ग्राहकहरूले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोडसम्मको छुट पाउनेछन्।
यो सेलमा ग्राहकहरूले निःशुल्क डेलिभरी, १० हजार रुपैयाँसम्मको मेगा भाउचर, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ९९९ रुपैयाँभन्दा माथिको खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरूले सिजी ब्राण्डको वासिङ मशिन जित्ने मौका पनि समावेश छ।
साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम दुई हजारसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम दुई हजार पाँच सयको छुट प्राप्त गर्नेछन्।
दराजका प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, '११:११ सेल मात्र नभएर उत्साह र उमंग हो। हाम्रो वर्षैको कडा मेहेनत र परिश्रमबाट ११:११ सेललाई विशेष बनाउन सफल भएका छौं। यो हाम्रा ग्राहक, बिक्रेता, बैंक तथा साझेदारहरूलाई धन्यवाद भन्ने विशेष तरिका पनि हो। आशा छ, सम्पूर्ण ग्राहक, बिक्रेता तथा साझेदार कम्पनीहरू यो वर्षको ११:११ बाट धेरै भन्दा धेरै लाभान्वित हुनुहुनेछ।'
नेपालका बैंकहरूले पनि दराजको ११ः११ सेलमा साझेदारी गरेका छन्।
नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, एन आइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, कृषि विकास बैंक,ज्योति विकास बैंक, र सांग्रिला डेभलपमेन्ट बैंकहरु यो वर्षको ११ः११ सेलसँग आवद्ध भएका छन्।
यो बाहेक दराजले डिजिटल वालेट आइएमई पेसन्ग पनि सहकार्य गरेको छ। कात्तिक २५ गते राति १२ बजेदेखि १२:३० बजेसम्म आइएमई–पेबाट अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम ५०० रुपैयाँ र बिहान ८ बजेबाट ८:३० सम्म १५ प्रतिशत अधिकतम २५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।