रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो ५०औं वर्ष पार गरेको छ।
यसै अवसरमा रुस्लानले रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) सँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको हो।
नेपालमै गल्फको सुरुवातकर्ता आरएनजिसीले पनि आफ्नो सञ्चालनको १०७ औं वर्ष मनाउँदै छ। यसै अवसरमा रुस्लान र आरएनजिसी दुबै मिलेर 'रुस्लान ५०औं वार्षिकोत्सव गल्फ प्रतियोगिता' आयोजना गर्न गइरहेको हो।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाले भने 'रुस्लानको पाँच दशक यात्रा र आरएनजिसीको १०७औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न पाउँदा हामी गौरवान्वित छौँ। उत्कृष्टताको साथै यस ब्राण्ड प्रति सहेको विश्वासलाई सदा कायम राख्ने प्रतिबद्धता दिन्छौं।'
रुस्लान गल्फ प्रतियोगिता कात्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुन गइरहेको छ जसमा १३० जना आरएनजिसी सदस्यहरूको प्रतिस्पर्धा हुनेछ।
यस प्रतियोगितालाई रुस्लान र आरएनजिसी दुवैले एकअर्कालाई प्रवर्द्धन गर्न र एक उत्सवको रुपमा मनाउन आयोजना गरिएको हो।