नेपालको फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन्।
उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरे।
आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए। उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेका थिए।
एफवान सफ्टमा नियुक्त भएसँगै आचार्यले वित्तीय टेक्नोलोजीलाई तीव्र गतिमा अगाडी बढाइरहेको एफवानसफ्ट गुप दिनानुदिन ठूलो संस्था बनिरहेको र यस संस्थालाई वित्तीय क्षेत्रबाट आफूले सहयोग पुर्याउने बताए।
एफवान सफ्ट नेपालको फिनटेक कम्पनी हो। जुन १९ वर्षभन्दा बढी समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ।
यस कम्पनी अन्तर्गत हाल इ–सेवा, फोनपे, इ–सेवा मनी ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू रहेका छन्।