आइएमई र अस्ट्र टेकद्वारा प्रवर्द्धित बोटिम अल्ट्रा एपमार्फत् नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ।
सम्झौताअनुसार युएईको केन्द्रीय बैंकबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एपमार्फत् आइएमईको डिजिटल वालेट आइएमई पे मा सोझै रकम पठाउन सकिने गरी डिजिटल रेमिटेन्सलाई प्रवर्द्धन गर्न दुवै पक्षले सहकार्य गर्नेछन्।
यस रणनीतिक सहकार्यमार्फत् डिजिटल वित्तीय समावेशितालाई थप प्रवर्द्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठूलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले उल्लेख गरे।
अस्ट्र टेकका प्रमुख व्यापार अधिकृतमार्क मिशेलले आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्वपूर्ण कदम रहेको उल्लेख गरे।
यो रणनीतिक साझेदारी युएइ र त्यसभन्दा बाहिर समेत आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत मिशेलले उल्लेख गरेका छन्।
प्रमुख व्यापार अधिकृत मिशेलले, बोटिम अल्ट्रा एपमार्फत्, लाखौं प्रयोगकर्ताहरूको जीवनलाई सरल बनाउन मद्दत गर्ने पहलहरू र सहकार्यहरूतर्फ काम गरिरहेको र यो साझेदारी त्यो प्रतिबद्धताको प्रमाण रहेको पनि बताएका छन्।