इ–सेवाले दसैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गरी 'इ–सेवा डिजिटल उत्सव–हर्ष अझै बढ्छ' अफर सार्वजनिक गरेको छ।
यस अफसर अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्यको यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सकिने कम्पनीले बताएको छ।
यसैगरी, इ–सेवा मार्फत ३७.९९ रूपैयाँको खेल बाहेक कुनै पनि दुई वटा भिन्न कारोबार गर्दा दुई जनाले यामाहा न्यू एफजेड एफआई भर्सन ३.० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सक्नेछन्।
इ–सेवा डिजिटल उत्सव अफर अन्तर्गत नै इ–सेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन्। साथमा कात्तिक १ गते इ–सेवा केअर किन्दा भाग्यशाली १ जनाले १०० गुणा क्यासब्याक पाउनेछन्।
त्यसैगरी, इ–सेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीको लागि होटेलको स्टेकेसन प्याकेज तथा १ जनाले रियल मि ११ एक्स ५जी पाउनेछन्।
साथै, इ–सेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले ३०० रूपैयाँसम्मको क्यासब्याक र सिजी डिजिटलको टिभी समेत जित्न सक्नेछन् ।
बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन् ।
इ–सेवामा आवद्ध व्यवसायीहरूले सेमत ग्राहकहरूमार्फत् क्यु–आर भुक्तानी लिँदा वासिङ मेसिन, एयर फ्रायर, स्याण्डविच मेकर लगायतको उपहार जित्न सक्नेछन्। त्यसैगरी, अनलाइन कारोबारका लागि इ–सेवाबाट भुक्तानी गर्नेले बिनब्याग समेत जित्न सक्नेछन्।
विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदारमार्फत् इ–सेवा वालेटमा ५ हजार रूपैयाँभन्दा बढीको भुक्तानी पाउने सबैले टप–अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इ–सेवा केयर प्याकेज खरिदमा क्यासब्याकका लागि प्रोमो कोड प्राप्त गर्नेछन्।