फोनपे ले 'फोनपे सुपरयात्रा' नामक नयाँ अभियान सञ्चालन गरेको छ।
उक्त अभियानको उद्देश्य मोबाइल बैंकिङ एप मार्फत् एयरलाइन टिकट खरिद गर्दा ग्राहकहरूबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको कम्पनीको भनाइ छ।
सुपरयात्रा अभियान असोज १७ गतेदेखि कात्तिक ११ गतेसम्म लागु हुनेछ।
यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने कम्पनीले बताएको छ।
नयाँ ग्राहकहरूले प्रोमो कोड सुपरयात्रा २०० प्रयोग गरी आफ्नो पहिलो एयरलाइन्सको टिकट खरिद गर्दा २०० रुपैयाँ क्यास ब्याक पाउनेछन्।
यस अभियानमा सहभागी हुन ग्राहकहरूले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एपमार्फत् कम्तीमा एउटा एयरलाइन्स टिकट खरिद गर्नुपर्नेछ।
यस अभियानले मोबाइल बैंकिङ एपमार्फत् एयरलाइन्स टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरूको यात्रामा थप ऊर्जा थप्ने लक्ष्य पनि राखेको कम्पनीले बताएको छ।