एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले तीन नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एम्बेसडरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ।
एफवान सफ्ट ग्रुपको सहायक कम्पनीहरू फोनपे, इ–सेवा र इ–सेवा मनी ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीसँग सो खेलाडीहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको हो।
क्रिकेटरहरूसँगको यस सम्झौता हस्ताक्षर गत असोज १८ गते एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, इ–सेवा का चिफ बिजनेस अफिसर आशिष गौतम, इ–सेवा मनी ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो।
यस साझेदारीपछि एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिनेछ।
एफवान सफ्ट ग्रुप यस सहकार्यको साथ मैदानमा खेलाडीहरूको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ।
खेलाडीहरूको आकांक्षालाई प्राथमिकता दिएर यो साझेदारीले खेलाडीहरूको क्षमतालाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगतकै उत्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको बताइएको छ।