नेपालीहरूको महान पर्व बडा दसैंलाई लक्षित दराज अनलाइन सपिङले 'दराज दसैं धमाका' सार्वजनिक गरेको छ।
ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दसैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भउचर प्राप्त गर्न सक्ने दराजको भनाइ छ।
यस्तै, ग्राहकले डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन सक्नेछन्।
आज (बुधबार)बाट लागू हुने ‘दराज दशैं धमाका’ मा ७० प्रतिशतसम्मको छुट, सात हजार बराबरको भउचर जस्ता थुप्रै फाइदाहरू छन्।
यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत (१ हजार ५०० रुपैयाँसम्म र क्रेडिट कार्डमा २० प्रतिशत (२ हजार रुपैयाँसम्म)को छुट, ३ हजार पाँच सयभन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरूले एक लाख बराबरको सपिङ भउचर पनि प्राप्त गर्ने मौका पाउनेछन्।