अब दराज एपका प्रयोगकर्ताहरूले अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने भएका छन्।
दराज नेपालले आफ्नो ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरूलाई एपमा थप संलग्न गराउने उद्देश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको हो।
दराज एपका प्रयोगकर्ताहरूले सजिलै यो खेल खेल्न सक्छन्। यो खेलमा प्रयोगकर्ताहरूले तीन वा त्यो भन्दा घेरै एकै रंगका क्यान्डीहरूलाई एकै ठाउँमा मिलाउनु पर्छ। यसरी मिलाएपछि मिलेका क्यान्डीहरू हराउँछन् र माथिका बाँकी क्यान्डीहरू खाली ठाँउमा झर्छन्।
यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन् जुन उनीहरुको खेलको आधारमा हरेक दिन उनीहरूलाई प्रदान गरिन्छ।
दराज लोयल्टी कल्बका सदस्यहरूले यो जेम्को प्रयोग गरी दराजका सामानहरूमा विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।