बेल्लो नेपालको आउटलेट जावलाखेलमा खुलेको छ।
ग्राहकलाई सहज तरिकाले बेल्लोको उत्पादन पुर्याउन आउटलेट खोलेको बेल्लो वर्ल्ड कम्पनीका सञ्चालक निरोज महर्जनले बताए।
आउट जावलाखेलबाट कुमारीपाटी जाने बाटैमा छ।
आउटलेटमा ब्यागका साथै युनिसेक्स (केटाकेटी दुवैका लागि हुने) कपडाहरू पनि पाइन्छ।
'पहिले हामीले ब्याग मात्रै उत्पादन गर्ने गरका थियौं,' उनले भने, 'अहिले कपडा पनि सुरू गरेका छौं।'
ग्राहकको माग अनुसार आउटलेट सञ्चालन गरिएको निरोज बताउँछन्।
यस अघि बेल्लोका उत्पादन अनलाइनबाट मात्रै माग गर्न सकिन्थ्यो।
'ग्राहकले प्रत्यक्ष हेर्न र रोज्न चाहेपछि हामीले आउटलेट खोलेका हौं,' उनले भने।
आउटलेटमा चेन नभएको ब्याग, चेन भएको, टोट ब्याग (साइड ब्याग), क्लासिक, स्लिङ र ल्यापटप स्लिप लगायतका ब्याग पाइन्छ।
त्यस्तै, लुगा कपडामा लिनेन सर्ट, पाइन्ट, टिसर्ट, पोलो टिसर्ट, स्वीट सर्ट, हुडी, जकर्स, ज्याकेट पाइन्छ।
'बेल्लो' स्पेनिस भाषाको शब्द हो, नेपाली भाषामा यसको अर्थ 'सुन्दर' हुन्छ। नेवारी (नेपाल) भाषामा पनि 'राम्रो' भन्ने 'बाल्ला' शब्द छ। यिनै दुई शब्द सम्झेर निरोजले ब्यागको ब्रान्ड नाम 'बेल्लो' राखेका हुन्।
२९ वर्षीया निरोज करिब छ महिनाअघि जागिर छाडेर पूर्ण रूपमा ब्याग बनाउन थालेका हुन्।
कपडा उत्पादन गर्न भने भर्खर मात्रै सुरू गरेका हुन्। ब्याग र कपडा दुवैको डिजाइन निरोज आफैं गर्छन्।
हालसम्म बेल्लोमा करिब १० लाख रूपैयाँ लगानी भइसकेको निरोजले बताए।