हाइकिङ र ट्रेकिङका लागि आवश्यक लुगा र जुत्ताका लागि लोकप्रिय ब्रान्ड 'हुम्तो' का विभिन्न सामग्रीले नेपाली बजारमा प्रवेश गरेको छ।
हुत्तो ब्रान्डका सामग्री वितरणका लागि कुमारी इन्क प्राइभेट लिमिटेडले कम्पनीबाट आधिकारिक विक्रेताको मान्यता पाएसँगै यसको बिक्री नेपाली बजारमा सुरू भएको छ।
यो ब्रान्डका सामग्री बिक्रीका लागि काठमाडौंको न्युरोडस्थित नेपा कम्प्लेक्समा शोरुमसहितको बिक्री केन्द्रको उद्घाटन गरिएको छ।
शोरुमको उद्घाटन अल्ट्रा म्याराथन धावक मिरा राई, तेक्वान्दो खेलाडी आयशा शाक्य, कराँते खेलाडी मण्डेकाजी श्रेष्ठ, राष्ट्रिय फुटवलर विकेश कुथु र हुम्तो ब्रान्डका सिइओ लिउ लियाङबिनले गरेका हुन्। शोरुममा ट्रेकिङ र आउटडोर स्पोर्टसका जुत्ता, ज्याकेट, टिसर्ट, क्याप, ब्याग, क्याम्पेन टेन्ट लगायत सामग्री उपलब्ध छन् ।
हुम्तो ब्रान्डको नेपालका प्रबन्ध निर्देशक (एमडी) आशिष थापाका अनुसार ग्राहकको रोजाइ अनुसारका सामग्री नेपाली बजारमा भित्र्याइएको छ। नेपाली बजारमा गुणस्तरिय सामग्री ल्याउन आफूहरु प्रतिबद्ध रहेको समेत उनले बताए।
हाङकिङ र ट्रेकिङका सामग्रीसँगै स्पोर्टस् वेयर र अन्य लुगा उत्पादनमा विस्तार भएको हुम्तो सन् १९८५ मा अमेरिकाबाट सुरू भई ३५ भन्दा बढी देशमा विस्तार भइसकेको ब्रान्ड हो।