चौधरी ग्रुपअन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै सोरुम अपग्रेडपछि पुनः शुभारम्भ गरिएको छ।
नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरू एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिस वासर, एयर कन्डिसन, माइक्रोवेभ आभन, भ्याकुम क्लिनरलगायत अरू थुप्रै सामग्रीहरू उपलब्ध हुने कम्पनीको भनाइ छ।
मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस सोरुम सन् २००५ मा स्थापना भएको एलजी ब्राण्डको पहिलो सोरुम हो।
ग्राहकहरूले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरूबाट यहाँ भएका विद्युतीय सामाग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन्। यो सोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७.३० बजेसम्म खुला रहने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार यस सोरुममा रिओपनिङको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेञ्ज अफरको पनि सुविधा रहेको छ।