चौधरी ग्रुपअन्तर्गत रहेको सिजी फुड्स नेपालले आफ्ना उत्पादनहरूको विस्तारलाई निरन्तरता दिँदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नुडल्स बजारमा ल्याएको छ।
कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ।
बहुउपयोगी र स्वस्थका हिसाबले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउभन्दा पृथक रहेको कम्पनीको भनाइ छ।
कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छ। साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो।
आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्ट नुडल्सको उपभोक्ता मूल्य २५ रुपैयाँ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नुडल्सको उपभोक्ता मूल्य २० रुपैयाँ रहेको छ।