सिजी ब्राण्डले 'सिजीले घर सजाऔं, खुशीले चाड मनाऔं' भन्ने चाडपर्व प्रवर्द्धन योजना सुरू गरेको छ।
नेपालको इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सिजीले दसैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि सिजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नेछन्।
ग्राहकहरूले ५६ हजार ४०० सम्म बचत गर्ने अवसर प्राप्त गर्नेछन्।
सीमित अवधिको लागि ल्याइएको यस योजना भदौ २५ गतेदेखि लागु गरिएको कम्पनीको भनाइ छ।
यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट इएमआई सुविधा, सिजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरर्गत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
यो योजनामा उल्लेखित अफरहरू तोकिएको अवधिभित्र नेपालभरका सबै सिजी ब्राण्डका आधिकारिक डिलरहरूबाट सजिलै प्राप्तगर्न सकिनेछ।
यो योजना सिजी ब्राण्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुमक्लिनर र स्पिकरहरूमा उपलब्ध छन्।