नेपालको भुक्तानी सेवा प्रदायक इ–सेवाले लिंक गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ।
इ–सेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत् भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरिएको हो।
आगामी भदौ २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सिसीको मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ।
यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिने बताइएको छ।
उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिंक गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नु पर्नेछ।
दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ भने दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुने कम्पनीको भनाइ छ।
साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिने र साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुने कम्पनीले बताएको छ।