लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको ह्यालोजनमुक्त इकोवायर–जेडएच तार सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार एक कार्यक्रममा उक्त तारको बिक्री-वितरण समेत सुरू भएको घोषणा गरेको छ।
ह्यालोजनमुक्त इकोवायर–जेडएच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुंगाको रूपमा रहनुका साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त छ।
आवासिय भवनहरूदेखि व्यावसायिक स्थलहरू जस्तै विद्यालय, अस्पताल, मल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालयमा समेत अत्याधिक रूपमा बिजुलीका तारहरु प्रयोग गरिएको हुन्छ। कम्पनीका अनुसार नवीनतम प्रविधियुक्त इकोवायर–जेडएचले आगलागीका जोखिमलाई कम गर्छ।
इकोवायर–जेडएच सार्वजनिक गरेको कार्यक्रम उद्योगका प्रमुख व्यक्तित्वहरू, मेकानिकल र इलेक्ट्रिकल तथा प्लम्बिङमा आवद्ध टेक्निसियनहरू, परामर्शदाताहरूका साथै ग्राहकहरूको समेत उपस्थिति रहेको थियो।
लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले इकोवायर–जेडएच नेपालमै पहिलो ह्यालोजनमुक्त तार रहेको दाबी गरे। साथै, उनले ग्राहकहरूको माग र सुरक्षालाई आत्मसाथ गर्दै नयाँ-नयाँ प्रविधि तथा नवीनतम उत्पादनहरू बजारमा ल्याउने प्रतिबद्धता जनाए।
इकोवायर–जेडएच नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खिया नलाग्ने, र पर्यावरण-मैत्री शून्य ह्यालोजन भएको तार हो। आगलागी हुदाँ इकोवायर–जेडएचले न्यूनतम धुँवा उत्पादन गर्छ, जसले सुरक्षित निकासी र उद्धार टोलीहरूद्वारा तीव्र उद्धार गर्नमा मद्दत गर्नेछ। यसको आगो प्रतिरोधक क्षमताले आगो लागिहाले पनि यसको फैलावटलाई रोक्छ।
परम्परागत तारहरू भन्दा इकोवायर–जेडएच ९० र १८० मी बक्स प्याकहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। शून्य ह्यालोजन भएको नेपालको पहिलो तारको रूपमा, इकोवायर–जेडएचले सुरक्षित वातावरणमा योगदान पुर्याउनेमा कम्पनी सकारात्मक छ।