अनलाइन बजार दराजले 'दराज लाइक न्यू'को सुरूवात गरेको छ।
दराजले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नयाँ उद्यम (दराज लाइक न्यू)को सुरूवात भएको घोषणा गरेको हो।
बजारमा दराज लाइक न्यूको परिचयले स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने उद्देश्यका साथ दराजले 'नयाँ जस्तै' उद्यम सुरू गरेको जनाएको छ।
यससँगै प्रयोग गरिएका फोनहरू अब दराजमार्फत बिक्री गर्न सकिनेछ। यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू बिक्री गर्ने कम्पनीले जनाएको छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ईवेस्ट व्यवस्थापन अभियन्ता डा. ज्योति गिरीले दराज र दराज लाइक न्यूलाई ईवेस्ट न्यूनीकरण गर्नको लागि प्रभावकारी रहने बताइन्।
त्यसैगरी उक्त नयाँ कामको थालनीको लागि दराज प्लेटफर्ममा विक्रेता तथा 'सबको फोन' का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको बिक्री वितरणमा सहयोग पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति खुसी व्यक्त गरे।
पारदर्शिता र कार्य सम्पादनमा दराज लाइक न्यूले प्रयोग गरिएको फोनहरू प्रदान गर्ने मात्र भन्दा पनि ग्राहकहरूको लगानीमा पारदर्शिता प्रदान गर्नको लागि भ्याट बिल समावेश हुन्छ।
दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैं अगाडि रहेको बताइन्।
'हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरै भन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउँदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौ,' कार्यक्रममा बोल्दै उनले भनिन्, 'दराज लाइक न्यूले बजारमा नयाँ परिर्वतन, गुणस्तर र लाभदायी मूल्यमा सामान प्रदान गर्नेछ।'