जगदम्बा इन्टरप्राइजेजले अत्याधुनिक एलआरएफ प्रविधिमार्फत् नेपालमै पहिलो पटक प्राइम बिलेट उत्पादनमा ल्याएको छ।
भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक जगदम्बा इन्टरप्राइजेजले उत्पादनमा ल्याएको कम्पनीको दाबी छ।
भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफइ ५०० डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ। एफइ ५०० डी डण्डी भूकम्प प्रतिरोधात्मक हुन्छ।
यस्तो डण्डी केवल प्राइम बिलेटबाट मात्र बन्दछ। जगदम्बा इन्टरप्राइजेजले जगशक्ति गोल्ड ब्राण्डमा एफइ ५०० डी डण्डीको उत्पादन एवम् बिक्री वितरण गर्दै आएको छ।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा इन्टरप्राइजेजले जिआई पाइप, ब्ल्याक पाइप, त्यूबुलार र पोल, हाइमाष्ट पोल, फेव्रिकेशन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तुहरूको उत्पादन गर्दै आएको छ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण प्राप्त यो उद्योग नेपाल विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक र नेपालको अग्रणी फलामजन्य उद्योगको रुपमा परिचित रहेको कम्पनीको भनाइ छ।