‘२० औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला २०८०’ सूरु भएको छ।
मेलाको उद्घाटन वाग्गमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संयुक्त रुपमा गरे।
महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवद्र्धन गरी उनीहरुलाई वित्तिय पहुँच बढाउन पनि मेला उपयोगी आयोजकको विश्वास छ।
मेलामा नेपाली उत्पादन सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला, खाद्य सामाग्री, गरगहना लगायतका सामग्री प्रदर्शनमा राखिएको छ।
शुक्रबारबाट सुरू भएको मेला आइतबारसम्म चल्ने मेलामा करिब १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ।
मेला दरवबारमार्ग स्थित अन्नपूर्ण होटलमा सञ्चालन भएको छ।