आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै 'विकेट टु विन' अफर सार्वजनिक गरेको छ।
आज (शुक्रबार) देखि भदौ १२ गतेसम्म (५ दिन) चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा एसिया कप प्रोमो कोडको प्रयोग गरी १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
साथै, यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्ने कम्पनीले बताएको छ।
यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सिइओ प्रवीण रेग्मीले बताए।