रुस्लानले स्टुडियो सुुरुवात गरेको छ।
रुस्लानले बुधबार एक कार्यक्रम गर्दै रुस्लान स्टुडियोको सुरुवात गरेको बताएको छ।
रुस्लान स्टुडियोले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरू प्रस्तुत गर्नेछ।
सो संगीतको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ।
कम्पनीका अनुसार कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ।
रुस्लान स्टुडियोको मुख्य उद्देश्य यस अघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरूमा परीक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशिलता प्रस्तुत गर्नु हो।
रुस्लान स्टुडियोमा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरूङ, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केन्जल मेहर श्रेष्ठ, एएसएमहरूको प्रस्तुति हुनेछ।
'रुस्लान र संगीतको सम्बन्ध धेरै अघिदेखि परिचित रहदै आएको छ र यसै मार्फत हामीले रुस्लान एफएममा समय परिषद् नयाँ धुनहरु पेश गर्दै आएका पनि छौ। आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उद्देश्यले नै हामीले रुस्लान स्टुडयोको सुरूवात गरेको हो,' जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रय कृष्ण श्रेष्ठले भने।
एनले थपे 'हालको यो परियोजनामा हामीले नेपाली कलाकारहरुको बहुमुखी प्रतिभा संगीतको मार्फत पेश गर्दै छौ र सो कलालाई डिजिटल प्लेटफर्म मार्फत एकीकृत गर्ने लक्ष्य राखेका छाैं।'