स्किन केयर इसेन्सियल प्रालिले विभिन्न किसिमका इसेन्सियल तेलहरूको बिक्री वितरण सुरू गरेको छ।
कम्पनीका अनुसार विश्वको विभिन्न देशहरूबाट आयात गरिएको उच्च गुणस्तरको रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेन्स, टि ट्री, लाभेन्डर, आर्गन एसेन्सियल तेलहरू ३० मिलि लिटरको बोतलमा बिक्री वितरण सुरू गरेको हो।
धेरै वर्षदेखि छाला तथा कपालको हेरचाहमा प्रयोग भई रहेको इसेन्सियल तेल प्रकृतिक र अग्र्यानिक भएको हुँदा छाला तथा कपालको हेरचाहमा यसको प्रयोग गर्नेहरूको संख्या दिनहुँ बढ्दो छ।
कस्मेटिक्सको जथाभाबी प्रयोग र न्यून गुणस्तरको कस्मेटिक्सको प्रयोगले हुन सक्ने सम्भावित जोखिमहरूलाई मध्यनजर गर्दै नयाँ पुस्ताहरूले कस्मेटिक्सको सीमित प्रयोग गर्न एक मात्र विकल्प एसेन्सियल्स तेल भएको हुँदा यसको प्रयोग सुरक्षित हुने कम्पनीको भनाइ छ।
इसेन्सियल्स तेलहरू छाला तथा कपालको हेरचाहको साथै मसाज गर्न उपयुक्त मानिन्छ र अरोमा थेरापीको लागि झनै महत्वपूर्ण रहेको कम्पनीको भनाइ छ।
सामान्य खतहरू सफा गर्न, चायापोतो सफा गर्न, डन्डिफोरको उपचारमा समेत इसेन्सियल्स तेलहरूको प्रयोग विश्वव्यापी रूपमा भइरहेको बताइएको छ।
स्किन केयर इसेन्सियल्स प्रालिले बजारमा ल्याएको यो तेल विभिन्न मुलुकबाट आयात गरी साना बोतलमा भरेर बिक्री–वितरण गर्न सुरू गरेको हो।
हाल दराज मल वा कम्पनीमा सिधैं अर्डर गरेर नेपालभित्र डेलिभरी हुने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ।