भुक्तानी प्रणाली सञ्चालक फोन पेले 'फोन पे गर्ने हो, बिजुलीको बिल तिर्दा आइफोन १३ जित्ने हो' नामक योजनाको विजेता घोषणा गरेको छ।
जेठ महिना भरी लागू गरेको उक्त योजनाको विजेता अनुप सिकर्मी बनेका छन्।
उनलाई नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइफोन १३ हस्तान्तरण गरेका हुन्।
घिसिङले विजेतालाई बधाई दिनुको साथै फोन पेले नेपालमा विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालिरहेको विभिन्न कदमहरूको पनि प्रशंसा गरे।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले संस्थाको लक्ष्य भनेकै सम्पूर्ण नेपाली ग्राहकहरूलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरू थप्दै जाने र पुराना भुक्तानी माध्यमका अप्ठ्याराहरूलाई सजिलो बनाउँदै लैजाने बताए।