सौराहामा रहेको जंगल सफारी लजले 'स्टे वान नाइट, गेट नेक्स्ट नाइट' अफर ल्याएको छ।
होटलका सञ्चालक सुमन घिमिरेले ‘पे नाउ, गो लेटर’ कार्यक्रमअन्तर्गत उक्त अफर ल्याएको जानकारी दिए।
यो अफर होटलका कोठाहरूमा लागू हुनेछ।
सञ्चालक घिमिरेले साउन महिनाभित्र एक रातका लागि कोठा बुकिङ गर्नेले भदौ र असोज महिनाभित्र लगातार दुई रात बस्ने सुविधा प्राप्त गर्ने बताए। ‘कसैलाई भदौ र असोज महिनामा दुई रातका लागि कोठा चाहिएको छ भने साउनमा पैसा तिरेर बुक गर्दा एक रातका लागिमात्रै कोठाको पैसा तिरे पुग्छ,’ घिमिरेले भने, ‘आउनुअघि मिति कन्फर्म गरेपछि उहाँहरूले त्यो सुविधा पाउनुहुन्छ।’
एक जनाका लागि ३ हजार, दुई जनाका लागि ३ हजार ५००, तीन जनाका लागि ४ हजार र २ वयस्क, दुई बालबालिकाका लागि ५ हजार ५०० र पाँच जना वयस्कका लागि ७ हजार रुपैयाँको प्याकेज ल्याएको घिमिरेले बताए।