अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मीका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रूपमा बिक्री–वितरण सुरू भएको छ।
काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरू औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
मंगलबारबाटै देशभरी बिक्री वितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनी ट्रु-ड्रमा एसए प्रा.लिका अध्यक्षले जानकारी दिए।
नेपालमा ट्रु-ड्रमाका विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको कम्पनीले मंगलबारबाट औपचारिक रूपमा ट्रु–मीका उत्पादन समेत बिक्री-वितरण सुरू गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए।
'ट्रु–मीका उत्पादनहरूलाई हामीले गएको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्री–वितरण गरेका थियौं। बजारमा सकारात्मक प्रतिक्रिया पायौं। जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साही बनाएको छ,' मुररकाले भने।
नायिका स्वस्तिमा खड्काले टु-ड्रमाले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ट्रु-मीका विभिन्न उत्पादनहरू समेत गुणस्तरीय र प्रभावकारी हुने भएकाले यो ब्राण्डसँग आफू जोडिएको बताइन्।
उनले ट्रु मीका गुणस्तरीय उत्पादन नेपालमा ल्याएकोमा सुशान्त मुरारकालाई धन्यवाद समेत दिइन्।
नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन्।
बजारमा उपलब्ध सामग्रीहरूमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ, हेयर ब्लिज पाउडर, डेपल्पर, हेयर ट्रिटमेन्ट स्पा र हेयर वाक्सलगायतका सामग्री उपलब्ध रहेका कम्पनीले बताएको छ।
ट्रु–मीका हेयर–केयर र स्किन केयरका सामग्रीहरू सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेकोे कम्पनीको भनाइ छ।