पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाइ इन्धन डिपो निर्माणका लागि शिलान्यास भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त डिपोको शिलान्यास गरेका हुन्।
यसको निर्माण एक वर्षभित्र सम्पन्न गरिने अनुमान गरिएको छ। ७७ करोड रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको छ।
१२ सय किलोलिटर क्षमताको तीन ओटा गरी जम्मा ३६ सय किलोलिटरको भर्टिकल डिपो बनाउन लागिएको हो।