नेपाली प्रयोगकर्ताहरू माझ लोकप्रिय 'हाम्रो पात्रो' भारतमा दर्ता भएको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष रुद्र पाण्डेले बिहीबार दिउँसो एक ट्विटमार्फत भारतमा पनि 'हाम्रो पात्रो' छिट्टै सञ्चालनमा आउने जानकारी गराएका हुन्।
उनले लेखेका छन्, 'हाम्रो पात्रो भारतमा दर्ता भएको छ। हामी छिट्टै भारतमा ज्योतिष, गिफ्ट र टेलिहेल्थ सेवा सार्वजनिक गर्नेछौं।'
उनले भारत आफूहरूको सेवा विस्तार गर्न ठूलो बजार रहेको समेत बताएका छन्।
हाम्रो पात्रो एपले विभिन्न समय प्रयोगकर्ताहरूको माग र आवश्यकता अनुसार नयाँ विशेषताहरू सार्वजनिक गर्दैछ।
यो एपमार्फत पात्रोसँगै राशी, नक्षत्र, ज्याेतिष, समाचार, साहित्य, जन्मकुण्डली, पुराना मितिहरू लगायत हेर्न सकिन्छ।