बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत अतिरिक्त छुट पाउने भएका छन्।
चौधौं वार्षिकोत्सवको अवसरमा बिग मार्टले स्मार्ट क्युआरसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको हो।
यस छुट अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १५० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्नेछन्।
यो योजना असार १६ गतेदेखि साउन १५ गतेसम्म लागू हुनेछ भने छुट अवधिभर हरेक ग्राहकले ५०० रुपैयाँसम्म छुट लिन सक्ने कम्पनीको भनाइ छ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआइसी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक (एचआइ–एमबी), एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यान क्याश साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।