'आइएमई पे' ले पानी र बिजुलीमा क्यास ब्याकको वर्षा अफर सार्वजनिक गरेको छ।
यो अफर असार १७ गतेदेखि असार २३ गतेसम्म एक हप्ताका लागि लागू हुने कम्पनीको भनाइ छ।
यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० रुपैयाँसम्म अर्थात् १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउने छन्।
साथै ग्राहकले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ।
सो क्यासब्याक एवम् छुट ग्राहकलाई आफ्नो घरायसी बिलहरू विद्युतीय मध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो।
'आइएमई पे' ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरू गरेको 'आइएमई पेमा क्यास ब्याकको वर्षा' नामक अभियानको यो निरन्तरता हो।