बाजेको सेकुवाले बुढानिलकण्ठमा नयाँ आउटलेटको उद्घाटन गरेको छ।
न्यू योर्क र डल्लासको हिमालयन ग्रिलबाट प्रेरणा लिइएको यो आउटलेटमा परिवार, साथी र बच्चाहरूसँग मनोरञ्जन लिन सकिन्छ।
मनोहर वातावरणका साथै खेलकुदमा समर्पित यस आउटलेटमा बास्किन–रोबिन्स आइसक्रिम विभिन्न फ्लेभरहरूमा पाइने कम्पनीले बताएको छ।
४७ वर्षको इतिहास रहेको बाजेको सेकुवामा परम्परागत नेपाली भोजन र बाजेको सेकुवाको सिग्नेचर खाना पनि पाइन्छ।