कनेक्ट आइपिएसले लागि 'रिफर अ फ्रेन्ड २.०' अफर सार्वजनिक गरेको छ।
यस अफरमा प्रयोगकर्ताहरूले आफ्ना साथी, परिवार तथा आफन्तहरूलाई कनेक्ट आइपिएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन्।
रिफर गर्नेले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने बताइएको छ।
यो अफर ५ असारदेखि ३१ गतेसम्म लागू कम्पनीको भनाइ छ।
यो अफरको फाइदा लिन रिफर गर्नेले आफ्ना साथी तथा आफन्तलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ।
रिफरीले भने कनेक्ट आइपिएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाइ वा नजिकैको बैंकमा गएर भेरिफाइ गर्नुपर्ने कम्पनीको भनाइ छ।
प्रक्रिया पूरा भएपछि रिफर गर्नेको बैंक खातामा २५ रुपैयाँ र रिफरीको बैंक खातामा ५० रूपैयाँ प्राप्त हुनेछ।
रिफरीको लिंक गरिएको खाता भेरिफाइ भएपछि मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाइ गराइ सक्नुपर्ने बताइएको छ।