फ्रान्सेली सीप, सामान र प्रविधिको प्रयोग गरेर स्थापना भएको ब्रो बेकरीले भाटभटेनीमा नयाँ शाखा सुरू गरेको छ।
भाटभटेनीस्थित बगैचा नेपालमा नयाँ शाखा सुरू गरेको ब्रो बेकरीका सञ्चालक बिनोद ओझाले बताए।
यो सँगै ब्रो बेकरीका ब्राभाटभटेनीस्थित बगैचा नेपालमा नयाँ शाखा सुरू गरेको ब्रो बेकरीका सञ्चालक बिनोद ओझाले बताए।
याे सँगै बेकरीकाे शाखा पाँच ठाउँमा भइसकेका छन्।
यसअघि बसुन्धरामा दुई ठाउँ, पोखरा र ललितपुरको पुल्चोकमा रहेको लबिङ मलमा ब्रो बेकरीको शाखा स्थापना भइसकेका छन्।
बेलायतमा बेकरी सम्बन्धी अध्ययन गरेका ओझाले २०११ मा नेपाल फर्किएर बेकरीको काम सुरू गरेका हुन्।
उनले बेकरी परिकार बनाउनका लागि कच्चा पदार्थ फ्रान्सबाट ल्याउँछन्।
बेकरीका लागि प्रख्यात भएकाले फ्रान्स उनको रोजाइमा परेको छ।
फ्रान्सका साथै इटाली, बेलायतसहित युरोपका विभिन्न देशबाट उनले आवश्यक कच्चा पदार्थ मगाउँछन्।
यो पनि:
फ्रान्सेली सीप र सामानले ब्रो बेकरीलाई ब्रान्ड बनाउँदै छन् विनोद (भिडिओ)