बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूमार्फत नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन्।
छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्टहरु क्युआरमा आबद्ध हुनुले नेपालमा क्युआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो।
क्युआर स्किमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको बताइएको छ।
हाल २३ बैंक वित्तीय संस्था तथा ३ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरूले नेपाल पे क्युआरमा आबद्ध हुन सक्छन्।
यस्तै, २१ बैंक वित्तीय संस्था तथा ६ भुक्तानी सेवा प्रदायकका वालेटहरूमार्फत स्कान एण्ड पेको सुविधा उपलब्ध रहेको छ।