इ–सेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यस सम्झौता अन्तर्गत अब विदेशबाट इ–सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिटेन्स नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ।
यस सम्झौता बमोजिम अब विदेशमा रहेका नेपालीहरूले सिधै नबिल बैंकको खातामा पैसा पठाइ नगद भुक्तानी गर्न सक्नेछन्।
सम्झौता पत्रमा इ–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन्।
इ–सेवा मनी ट्रान्सफरले इ–सेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूको साथै विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आइरहेको छ।